+
+

गौतमबुद्ध विमानस्थलमा रोकियो जजिराको जहाज, चरा ठोक्किएको आशंका

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १३:१३

९ जेठ, काठमाडौं । कुवेतबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार जहाजमा चरा ठोक्किएको आशंका गरिएको छ । तर, धावनमार्गमा कतै पनि अवशेषहरु देखिएका छैनन् । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको ती अधिकारीले जनाए ।

उनका अनुसार काठमाडौंबाट इन्जिनियरहरु पुगेपछि जहाजको इन्जिनमा चेकजाँच गरिने छ । त्यसपछि मात्र जहाज उड्नेछ । ‘बाहिरी भागमा कुनै क्षति भएको छैन, अवतरण पनि सामान्य भएको थियो,’ ती अधिकारीले भने, ‘कतै इन्जिनको भित्रि भागमा चरा पुगेको छ की भन्ने आशंकाले जहाज रोकिएको हो ।’ राति पौने २ बजे अवतरण गरेको जहाज राति नै कुवेत फर्कनु पर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?