+
+

शहरमा युटिलिटी करिडोर र हाउस पुलिङको नीति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:१५

१० चैत, काठमाडौं । सरकारले सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा गरेको छ । सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्ट सिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत, ढल, खानेपानीलगायतका पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोरसहितको सहरी विकाससम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर यसै आर्थिक वर्षमा प्रारम्भ गरिने उल्लेख छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र रुकुम पूर्वमा आवश्यक कार्यालय भवन निर्माण प्रारम्भ गर्ने निित तथा कार्यक्रममा उल्लेख छ । दक्षिण–पश्चिमका सीमावर्ती र उत्तरी सिमानाका व्यापारिक नाकामा सहरी पूर्वाधारको निर्माण गरिने भएको छ । दोधारा–चाँदनी र राजापुरमा सहर विकासका पूर्व तयारीका कार्य सुरु गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

साँस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने नीति लिने र त्यसअन्तर्गत काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने सरकारी योजना छ । काठमाडौंलगायतका स्थानमा पुराना र अव्यवस्थित बस्तीको हाउसपुलिङ गर्ने योजना बनाउने सरकारको घोषणा छ ।

काठमाडौंमा हाउस पुलिङ गर्ने चर्चा लामो समयदेखि भइरहेपनि अझै सुरुआत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?