+
+

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा राठी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:४५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

८ जेठमा बसेको सञ्चालक समितिको बैंठकले राठीलाई १ साउन २०७९ देखि लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।

१९ मंसिर २०६४ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका थिए ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा राठीको विशेष दक्षता रहेको बैंकले जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव सम्हालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?