+
+

कांग्रेसका जनप्रतिनिधिको रिपोर्ट कार्ड बन्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १४:०१

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन् ।

कांग्रेसबाट विजयी देशभरका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षलाई पार्टीले प्रशिक्षण दिने पनि उनले बताए । केन्द्रले गरेको प्रशिक्षणको आधारमा जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा गरेका कामको मूल्यांकन गर्न सक्ने थापाको भनाइ छ ।

‘एक वर्षमा कामको मूल्यांकन गर्छौं । कामको आधारमा रिपोर्ट कार्ड बनाउँछौ’, भक्तपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने,‘तपाईहरु मेयर साब हुन छोडिदिनुस् ।’

नागरिकका हक, जवाफदेहीता, सेवा, नीतिगत व्यवस्था, स्रोतको व्यवस्थापन, समन्वय र संस्थागत विषयमा ध्यान पुर्‍याउन थापाले सुझाव दिए ।

निर्वाचित भइसकेपछि काम गर्ने ठाउँमा आएकाले विगतमा कसले के भन्यो भन्ने कुरा बिर्सेर आफूले के गर्नेमा ध्यान पुर्‍याउन उनले जनप्रतिनिधिलाई आग्रह गरे । ‘हिजो कसले के ग¥यो भन्ने समय होइन अब’ महामन्त्री थापाले भने ।
पराजित भएको ठाउँमा पनि निर्वाचित जनप्रतिनिधिलाई प्रश्न गर्न नछोड्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?