+
+

सरकारी निवास छोडेर डेरा लागे पोखराका पूर्वमेयर जिसी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते २०:५०

११ जेठ, पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले बुधबार सरकारी निवास छोडेका छन् । जिसी महानगरले व्यवस्था गरिदिएको पोखरा १२ स्थित ढिकालेथरमा बस्दै आएका थिए ।

नव निर्वाचित मेयर धनराज आचार्यले पदभार ग्रहण गर्नु अघिल्लो दिन जिसी पोखरा ११ कै फूलबारीमा बसाइँ सरेका हुन् । मेयरमा निर्वाचित हुनु भन्दा अगाडि जिसी फूलबारीमै भाडामा बस्दै आएका थिए ।

मेयर जिसीले गत वैशाख ३० गते भएको निर्वाचनबाट पोखरा महानगरमा निर्वाचित मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, निर्वाचित वडाध्यक्षसहित सबै सदस्यहरुलाई बधाइसहित शुभेच्छा प्रकट गरेका छन् ।

महानगरमा निर्वाचित भएर आएको नयाँ टिमको सुन्दर र समृद्ध पोखरा बनाउने योजनामा जहिले पनि सकारात्मक र रचनात्मक सहयोग रहने जिसीले बताएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

पछिल्लो समय जिसी शारीरिक रुपमा अस्वस्थ छन् । साउन १ गते बिहान जिसीलाई मस्तिष्कघात भएको थियो । ०७४ सालमा नेपाली कांग्रेसका रामजी कुँवरलाई पराजित पोखराको १४ औं मेयरमा उनी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?