+
+

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते ११:२५

१२ जेठ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए । उनले अघि भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँधलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

सत्ता गठबन्धनका उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो व्यवहार भएको उनले आरोप लगाए ।

ओलीले भने, ‘अशक्त र वृद्धवृद्धाको मत कार्यकर्ताले खसालेको देखियो, निर्वाचन जस्तो हुनु पर्ने त्यस्तो भएन, परिणाम त्यसरी प्रकट भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?