+
+

पुडासैनी र रिजाल सहसचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १२:३७

१२ जेठ, काठमाडौं । लोक सेवा आयोगले दुई दिनमा दुई जना प्राविधिक सहसचिव सिफारिस गरेको छ ।

आयोगले बुधबार नेपाल वन सेवा, जनरल फरेष्ट्री तर्फ खुल्लाबाट नाम निकालेका ३ जना मध्ये हेटौंडाका नवराज पुडासैनीलाई सहसचिवमा सिफारिस गरेको हो । यस्तै वैकल्पिकमा मोहनराज काफ्लेलाई आयोगले सिफारिस गरेको छ ।

यसअघि मंगलबार कृषि, खाद्य पोषण तथा गुण नियन्त्रण समुहबाट सुनसरीका सोमकान्त रिजाल सहसचिवमा सिफारिस भएका छन् । खुल्लाबाट नाम निकालेका रिजालको विकल्पमा प्रशान्त पोखरेल सिफारिस भएका छन् ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थायी नियुक्तिको लागि सिफारिस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?