+
+

नितेशजंग कुँवर र समृद्धि राई प्रेममा !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:३६

काठमाडौं । गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेममा छन् । यी दुई लभबर्डको पे्रम अब चाहिं गोप्य रहेन । नितेश र समृद्धि दुवैले इन्स्टाग्राममार्फत प्रेमको खुलासा गरेका छन् । नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् ।

समृद्धिले पनि नितेशको उक्त स्टोरीलाई सेयर गरेकी छन् । केही दिनअघि नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईजना प्रेममा रहेको गाइँगुइँ चलेको थियो ।

आफ्ना हिट गीतमार्फत युवापुस्तामा चर्चित नितेश केही वर्षअघि नेपाली संगीतबाट सन्यास लिने बताएपछि चर्चामा थिए । कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् ।

उनले केही गीत रिलिज समेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?