+
+

खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २१:३६

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा खाद्यान्न उत्पादन र उत्पादकत्व दुवै घटेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको मुलुकको आर्थिक सर्वेक्षण अनुसार २०७८/०७९ अनुसार ३.१ प्रतिशतले खाद्यान्न बालीको उत्पादन घट्ने अनुमान गरिएको छ । त्यस्तै ती वस्तुको उत्पादकत्व पनि ३.७ प्रतिशतले संकुचन आउने सरकारी प्रक्षपेण छ ।

धानबाली उत्पादनमा आएको ८.७ प्रतिशत गिरावटको असर समग्र उत्पादनमा देखिएको छ । यद्यपि नगदे बालीहरु मह, मसला, फलफूल, तरकारी र दलहनको उत्पादन भने वृद्धि हुने सरकारी अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?