+
+

१६ महिने बच्चाको ३ विश्व कीर्तिमान : १९५ देशको नाम र राजधानी फरर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १४:००

काठमाडौं । एक–डेढ वर्षको आफ्नो बच्चाबाट तपाईंले के अपेक्षा गर्नुहुन्छ ? अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ । तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा नामका बालकले यति सानो उमेरमा निकै विशाल स्मरण क्षमता प्रदर्शन गरी वास्तविक गुगल ब्वाय भएको प्रमाणित गरेका छन् ।

उनले विश्वका १ सय ९५ वटा देश र तिनीहरुका राजधानीको नाम कण्ठ पारेर विश्व कीर्तिमान कायम गरेका छन् । यशस्वीले गिनिज बुकमा नाम लेखाएको यो पहिलो पटक भने होइन । यसअघि उनले १२ महिनाको उमेरमै विभिन्न २६ वटा देशका राष्ट्रिय झण्डा पहिचान गरी वर्ल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ज गराएका थिए ।

साथै यस्तो अदभूत क्षमता देखाउने विश्वको सबैभन्दा कम उमेरका बच्चाको रुपमा इन्टरनेशनल बुक अफ रेकर्डमा पनि उनको नाम दर्ज भएको छ । उनले अहिलेसम्म ३ वटा विश्व रेकर्ड आफ्नो नाममा पारिसकेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?