+
+

सर्वदलीय सहमति गरेर भए पनि निजगढमा विमानस्थल बनाउनुपर्छ : प्रकाशमान

'निजगढमा विमानस्थल नबने नेपाल एयर लक्ड हुनसक्छ'

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ११:५२

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसके देशले धेरै क्षति व्यहोर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेता सिंहले निजगढमा विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेको बताउँदै अब पनि बनाउन नसके देशलाई क्षति हुने बताएका हुन् । ‘निजगढमा विमानस्थल बनाउन सकेनौं भने धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपाल ल्याण्ड लक्डबाट एयर लक्ड हुन सक्छ,’ नेता सिंहले भने ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको पूर्ण पाठ आएपछि थप कदम चाल्न सकिने उनले बताए । उनले सर्वदलीय समिति गरेर भए पनि फास्ट ट्र्याकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताए । ‘सर्वदलीय सहमति गरेर भए पनि निजगढ अब फास्ट ट्र्याकमै बनाउनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?