+
+

च्याम्पियन्स लिगको फाइनल खेल ढिलो हुनुको कारणबारे अनुसन्धान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते ९:४४

१७ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ ।

पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो । फाइनल खेल हेर्नका लागि स्टेडियमभित्र प्रवेश गर्न चाहने लिभरपुलका समर्थकहरुको लामो लाइन लागेको थियो । त्यही भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

फ्रान्सका खेलमन्त्री लगायतका अधिकारीहरुले टिकट बिक्रीमा संगठित रुपमा हेरफेर गरिएको तथा रियल मडि्रडका समर्थकहरुलाई पक्षपात गरेको गुनासो गरेका थिए । त्यसलगत्तै लिभरपुलका अध्यक्ष टोम वेरनरले फ्रान्सका खेलमन्त्रीलाई पत्र लेखेर माफी माग्न भनेका थिए ।

युएफाले सम्बन्धित पक्षसँग सबै प्रमाण जुटाएर स्वतन्त्र जाँच गर्ने र रिपोर्ट सार्वजनिक भएपछि आवश्यक कदम चाल्ने युएफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?