+
+

प्रदीप खड्का स्टारर ‘प्रकाश’को टिजर : शिक्षक बन्ने ‘कर्णाली’ सपना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १६:१०

काठमाडौं । ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘प्रकाश’को टिजर ट्रेलर मंगलबार सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेन्ड लामो टिजरमा प्रदीप खड्का र दीया मास्के फिचर्ड छन् ।

मर्मस्पर्शी टिजरमा जुम्लाको एक विपन्न युवकले सरकारी शिक्षक बनेर बाबुको धोको र आफ्नै सपना पूरा गर्ने कथा पेश गर्छ । फिल्मको मुख्य चरित्र प्रकाशको भूमिकामा प्रदीप र उनकी आमाको रोलमा दीया फिचर्ड छिन् ।

एकातिर बाबु र परिवारको सपना पूरा गर्नुपर्ने दबाब र अर्कोतिर आफ्नै सपनालाई पछ्याउनुपर्ने द्वन्द्वको बहुचरित्रको चित्रण यसमा छ । शिक्षक बन्न लागेको ऋण तिर्न मुख्य पात्रले गर्नुपर्ने अर्को संघर्षले द्वन्द्वको अर्को आयामलाई चित्रण गर्छ ।

अघिल्लो फिल्म ‘प्रसाद’बाट राम्रो प्रतिक्रिया प्राप्त गरेका निर्देशक राउतले यसमा मानवीय भावनालाई ‘ट्रिटमेन्ट’ गर्ने प्रयत्न गरेका छन् । जुम्लाको भाषा, भेषभूषा र ल्याण्डस्केपमा फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका छन् ।

प्रदीपको अपोजिटमा रेणु योगी रहे पनि उनलाई टिजरमा चित्रण गरिएको छैन । प्रकाश घिमिरे र राजन खतिवडा पनि मुख्य भूमिकामा छन् । ‘शिक्षक बन्ने सपना बोकेको एक युवा राज्यको विभेदमा पर्दा उसले आफ्नो सपना पूरा गर्न गरेको संघर्षलाई चित्रण गरेका छौं,’ निर्देशक राउतले भने । उनले सर्वसाधारण नागरिक राज्यको असमान प्राथमिकता र नीतिको शिकार हुनुपरेको यथार्थलाई फिल्मले चित्रण गर्ने बताए ।

बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् । ‘प्रकाश’ आगामी भदौ १० गते प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?