+
+

चार किलो चाँदीका गहनासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते २०:१५

१७, जेठ, सप्तरी । सशस्त्र प्रहरी सीमा सुरक्षाबलले भारी परिमाणको चाँदीका तयारी गहना सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको विओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका ९ स्थित इँटा भट्टा नजिकबाट भारतको विहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत ११ कामट टोल बस्ने २२ वर्षीय बशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट ४ लाख ३८ हजार ९५७ रुपैयाँ बराबरको २८ जोडी (४ किलो) चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र सीमा सुरक्षाबलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

चौधरी कम्मरमा लुकाएर ल्याउदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना बरामद भएको हो । चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?