
१७ जेठ, दाङ । नेपाली कांग्रेस बबई गाउँपालिका कार्य समितिले उपप्रमुख बमकुमारी खड्कासहित ६ जनालाई कारबाही गर्न जिल्ला कार्य समितिमा सिफारिस गरेको छ ।
उनीहरुले १५ जेठमा भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको गाउँ समितिको ठहर छ ।
बबई गाउँपालिका उपाध्यक्ष खड्कासहित ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने गाउँ समितिको माग छ ।
स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेका निर्वाचित भएका थिए ।
तर बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित कांग्रेसबाट विजयी जनप्रतिनिधिले अर्को पार्टीका उमेदवारलाई भोट हालेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4