+
+

कार्यालय र क्वार्टरमा एलपी ग्याँस प्रयोग नगर्ने विद्युत् प्राधिकरणको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १८:५८

१८ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना सबै कार्यालयहरुबाट खाना पकाउने एलपी ग्याँस विस्थापन गर्ने निर्णय गरेको छ । प्राधिकरणले आफ्ना कार्यालय र आवासीय भवनहरुबाट ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग गर्न आफू मातहतका सबै कार्यालय, आयोजना र कम्पनीहरुलाई निर्देशन दिएको छ ।

सरकारी कार्यालहरुबाट सबै ग्याँस सिलिन्डर विस्थापन गर्ने सरकारी नीति अनुरुप प्राधिकरणले आफ्नै कार्यालयहरुबाट ग्याँस विस्थापनको काम सुरु गरेको विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

‘सबैलाई तुरुन्तै ग्याँस हटाएर विद्युतीय चुलो प्रयोग थाल्न परिपत्र भएको छ, अब प्राधिकरणअन्तरगतका कुनै पनि कार्यालय र इकाइले एलपी ग्याँस प्रयोग गर्दैनन्,’ उनले भने ।

आगामी आर्थिक वर्षको बजेटले सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ ।

‘आगामी ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिन्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइनेछ,’ बजेट वक्तव्यमा भनिएको छ ।

सरकारको यही घोषणाका आधारमा विद्युत प्राधिकरणले सबै वितरण केन्द्रहरुलाई सम्बन्धित सरकारी कार्याहरु रहेको क्षत्रेको वितरण प्रणाली चुस्त दुरुस्त राख्न पनि निर्देशन दिएको छ ।

‘विद्युतीय चुलको प्रयोग गरेपछि प्रणालीलाई थप विश्वसनीय बनाइराख्नुपर्छ, कतिपय ठाउँमा स्तरोन्नति र सुधार गर्नुपर्ने हुनसक्छ,’ उनले भने,‘वितरण केन्द्रहरुलाई सरकारी कार्यालय एलपी ग्यासरहित हुँदा प्रणालीका सबस्टेसन, तार र ट्रान्स्फर्मरमा गनुपर्ने स्तरोन्नतिको काम गर्न भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?