+
+

जन पक्षीय न्याय सेवामा जोड दिएको कामु प्रधानन्यायाधीश कार्कीको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १९:४३

१८ जेठ, जुम्ला । द्वन्द्वकालमा जलेर नष्ट भएका र अहिले पुनर्निर्माण गरिएका सुर्खेत उच्च अदालतको जुम्ला इजलास र जिल्ला अदालत जुम्लाका दुईवटा भवनको उद्घाटन भएको छ ।

सर्वोच्च अअदलतका कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीले भवनको उद्घाटन गरेका हुन् । २८ कात्तिक, २०५९ मा माओवादी सशस्त्र युद्धका समयमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत जुम्ला (हाल जुम्ला इजलास) र जिल्ला अदालत जुम्लाको निर्माण गरिएको आधुनिक भवन उद्घाटन गरिएको हो ।

भवन उद्घाटन गर्दै कार्कीले नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरिसकेको बताए । उनले छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन आजको आवश्यकता भएकाले कर्णालीमा पनि त्यसे अनुसारको सेवा दिन न्यायधीसहरुलाई निर्देशन समेत दिए ।

संरचना बनेपछि सजिलो

भौतिक संरचना नै जलेपछि लामो समय साँघुरो स्थानबाट सेवा दिँदै आएकोमा भवन बनेपछि भने अब सेवा प्रवाह सहज हुने भएको छ ।

जुम्ला इजलासको २४ कोठे भवन तीन करोड २२ लाख १३ हजार ७ रुपैयाँ लागतमा निर्माण भएको हो ।

यस्तै जिल्ला अदालत जुम्लाको २० कोठे भवन ४ करोड २१ लाख ४३ हजार रुपैयाँ लागतमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?