+
+

भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ११:०७

१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ पुगेको छ ।

भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख ३९४ जना बिरामी ठिक भइसकेका छन् । दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?