+
+

त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा नेविसंघले पुनः लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १३:०३

१९ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा पुनः ताला लगाएको छ । ताला लगाउँदै त्रिवि पदाधिकारीले यसअघि लगाइएको ताला तोड्न लगाएको आरोप लगाएका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय पदाधिकारीबाट वार्ता र संवादको ढोका बन्द गरी लाखौं रुपैयाँ घुसपैठ गरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी) मध्ये केन्द्रीय कमाण्डको लेटर प्याडमा इन्चार्ज सफलको हस्ताक्षरसहित नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएका ताला फुटाउने कु-चेष्टा गर्नु आफैमा खेदजनक छ ।’

उनीहरुले केन्द्रीय कार्यलयमा तालाबन्दी यथावत रहेको जानकारी दिँदै अन्यथा नेविसंघ सशत्तः प्रतिकारमा उत्रने र उत्पन्न परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यलय हुने चेतावनी दिएका छन् ।

माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए । ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलले ताला तोडेको टाँस गरिएको विज्ञप्तिमा उल्लेख गरेका थिए ।

हेर्नुस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?