+
+

चौथो दिन पनि घट्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १५:२२

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो ।

बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रह्यो । घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन ।

बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले बजारबाट ४ प्रतिशत हाराहारी कमाई गरे ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्स,उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीले बिहीबार दोस्रो बजारबाट धेरै गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?