+
+

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’लाई मध्यपूर्वमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:१७

काठमाडौं । मध्यपूर्वका तीन ठूला फिल्म बजार कतार, ओमान र कुवेतमा अक्षयकुमार स्टारर ‘सम्राट पृथ्वीराज’को प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

निडर र पराक्रमी राजा पृथ्वीराज चौहानको जीवन र पराक्रममा फिल्म आधारित छ । फिल्ममा अक्षयले वीर योद्धाको भूमिका निर्वाह गरेका छन्, घोर राज्यका क्रुर शासक मोहम्मदबाट भारतलाई जोगाउन महत्वपूर्ण भूमिका खेले ।

भारतीय सञ्चारमाध्यमले ती मुलुकमा धार्मिक दृष्टिकोणबाट फिल्मलाई लिइएको र प्रतिबन्धको निर्णय गरिएको उल्लेख गरेका छन् । इतिहासको तथ्य र तटस्थताको आँखाबाट फिल्म हेर्नुपर्ने उनीहरुको सुझाव छ ।

चन्द्रप्रकाश द्विवेदी निर्देशित यो फिल्मले भारतीय र हिन्दूको संघर्ष पेश गर्ने जनाइएको छ । यी तथ्यको विरोध गर्दै मध्यपूर्वी मुलुकले फिल्मको प्रदर्शनमा रोक लगाएका हुन् । कतार र ओमानले प्रदर्शन नै नगर्ने निर्णय गरेका छन् भने कतारले चाहिं स्थगित गर्ने निर्णयलाई होल्डमा राखेको छ ।

यो फिल्मलाई भारतको सत्तारुढ दल बीजेपीले आफूतिर तान्ने प्रयास गरिरहेको छ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो राज्यमा फिल्मलाई कर छुटको घोषणा गरेका छन् । यो फिल्मलाई भारतका अन्य राज्यले पनि कर छुट दिने तयारी गरिरहेको जनाइएको छ । बुधबार गृहमन्त्री अमित शाहले पनि फिल्म हेरेर प्रशंसा गरेका छन् ।

फिल्मले नेपाली मल्टिप्लेक्समा पनि सन्तोषजनक शो पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?