+
+
Shares

गुजरातको रासायनिक कारखानामा विस्फोट, ७०० स्थानीयलाई सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ९:४४

२० जेठ, काठमाडौं । भारतको गुजरातस्थित वडोदरामा विहीबार राति एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ ।

बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ ।

कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । घटनास्थलमा आगो निभाउन तत्काल कैयौं दमकल पुगेका थिए । ठूलो विस्फोटपछि निस्किएको धुँवा टाढाटाढाबाट पनि देखिन्थ्यो ।

आगलागनी नियन्त्रणको प्रयास जारी रहेको र अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको स्थानीय अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?