+
+
फ्राइडे रिलिज :

हलमा चार नयाँ फिल्म, अक्षयकुमारको ‘पृथ्वीराज’देखि टम क्रुजको ‘टपगन’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ११:५७

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज भएका छन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’देखि तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रमः हिट लिस्ट’ रिलिज भएका हुन् ।

टपगन माभेरिक

‘कबड्डी ४’का कारण गत साता रोकिएको ‘टपगन माभेरिक’लाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार ल्याएको हो । जोसेफ कोसिन्स्किी निर्देशित यो फिल्ममा क्रुज पिट मिचेल नामक क्याप्टेनको भूमिका निर्वाह गरेका छन् ।

३० वर्षअघिको फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मले अमेरिकी नौसेनामा ३० वर्षभन्दा बढी सेवा गरेको नौसेना क्याप्टेन (टम क्रुज)ले साहसी परीक्षण पाइलटको रुपमा अभिनय गरेका छन् ।

उनले यसअघि आफैंले परीक्षण दिलाएका नयाँ नौसेनाको समूहसँग संघर्ष गर्नुपर्छ । खतरनाक एक्सन दृश्यको कारण यो फिल्म चर्चामा छ । गत साता कान्स फेस्टिभलमा प्रिमियर भएको फिल्मले विश्व बक्स अफिसमा अभिनेता क्रुजकै करिअरमा सर्वाधिक कमाइ गरेको छ ।

सम्राट पृथ्वीराज

यशराज ब्यानरको निर्माण र चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको यो फिल्ममा अक्षयकुमार र मानुषी छिल्लरको मुख्य भूमिका छ । चाहमना वंशका राजपूत राजा पृथ्वीराज चौहानबारे पश्चिमा भारतीय भाषा वज्रमा लिखित चर्चित कवितामा फिल्म आधारित छ ।

सञ्जय दत्त र सोनु सुदको समेत यो फिल्ममा मुख्य भूमिका छ । भारतमा इस्लामिक राज्य स्थापना गर्ने उद्देश्यले आएका घुरिद वंशका शासक मोहम्मद घोरीसँगको लडाइँमा पृथ्वीराजले गरेको साहसी र पराक्रमी लडाइँलाई फिल्मले चित्रण गर्छ । इस्लाम शासकविरोधी कथावस्तु भएको भन्दै कतार, कुवेत र ओमानले फिल्ममा प्रतिबन्ध लगाएका छन् ।

विक्रमः हिट लिस्ट र मेजर

यी दुई दक्षिण भारतीय फिल्म पनि आजै रिलिज भएका छन् । एक्सन थ्रिलर विधामा राखिएको लोकेश कानगराज निर्देशित ‘विक्रमः हिट लिस्ट’मा विजय सेतुपाथी, कमल हसन र सुरियाको मुख्य भूमिका छ । यो ग्याङस्टर कथामा आधारित फिल्म हो ।

शुक्रबारै नेपाली हलमा लागेको ‘मेजर’ एक्सन, बायोग्राफी र ड्रामा फिल्म हो । शशीकिरण टिक्का निर्देशित फिल्ममा अदिवी शेष, साइ मन्जरेकार, शोभिता धुलिपाला र प्रकाश राजको मुख्य भूमिका छ ।

सन् २००८ मा भएको मुम्बई आक्रमणमा ज्यान गुमाएका भारतीय सैनिक सन्दीप उनिकृष्णनमाथि फिल्म आधारित छ । उनलाई भारत सरकारले अशोक चक्रले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?