+
+
Shares
फ्राइडे रिलिज :

हलमा लागे ‘मास्टर्नी’ र ‘इन्साइडियस’ : दुवै फिल्मलाई १६ वर्ष मुनिका दर्शकले हेर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्की र आर्यन सिग्देल अभिनीत कथानक फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि देशभर एडल्ट प्रमाणपत्रसहित प्रदर्शनमा आएको छ ।
  • शुभेन्दु घोष निर्देशित क्राइम-थ्रीलर ‘मास्टर्नी’ १२३ मिनेटको छ र १६ वर्षमुनिका दर्शकले हेर्न पाउनेछैनन् ।
  • ज्याकोब चेज निर्देशित हलिउड थ्रीलर–हरर फिल्म ‘इन्साइडियस ः आउट अफ द फर्दर’ पनि शुक्रबारदेखि एडल्ट प्रमाणपत्रसहित हलमा रिलिज भएको छ ।

काठमाडौं । प्रियंका कार्की र आर्यन सिग्देल स्टारर कथानक फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । रिलिजअघि निकै चर्चा र विवादले घेरिएको फिल्म अन्ततः ‘एडल्ट’ प्रमाणपत्रसहित हलमा लागेको हो ।

क्राइम-थ्रीलर जनरामा बनेको फिल्मलाई १६ वर्षभन्दा तलका दर्शकले हेर्न पाउनेछैनन् । कौतुहलता र रहस्यले भरिएको पारिवारिक कथा बताइएको यो फिल्ममा अनुपविक्रम शाही र ऋचा शर्माको पनि अभिनय छ ।

शुभेन्दु घोष निर्देशित फिल्मको रनटाइम १२३ मिनेट छ ।

यसैगरि, शुक्रबारदेखि हलिउड फिल्म ‘इन्साइडियस ः आउट अफ द फर्दर’ पनि हलमा रिलिज भएको छ । ज्याकोब चेज निर्देशित फिल्मलाई थ्रीलर र हरर फिल्म बताइएको छ ।

यो फिल्म एक घर र उनकी छोरीको कथा हो । आफू हुर्किएको घरमै छोरीलाई हुर्काइरहेकी युवा आमा जेम्माले आफू ‘द फर्दर’ नामक रहस्यमय संसारमा प्रवेश गर्न सक्ने कुरा पत्ता लगाउँछिन् । त्यहाँ पुगेपछि उनीसँग त्यहाँ रहेका प्राणी वा अस्तित्वलाई वास्तविक संसारमा ल्याउन सक्ने विशेष क्षमता रहेको थाहा हुन्छ ।

यो फिल्मको सर्टिफिकेट पनि एडल्टै रहेको छ । जसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न पाउनेछैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?