News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘कमला मिस’ र ‘हली’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन्।
- नीर शाह निर्देशित ‘कमला मिस’ विजय मल्लको कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित सामाजिक कथावस्तुको फिल्म हो।
- ओम प्रतीक निर्देशित ‘हली’ फिल्मले छाउपडी प्रथाले महिलाको जीवनमा पारेको सामाजिक प्रभाव र संघर्षको कथा उजागर गरेको छ।
काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । नीर शाह निर्देशित ‘कमला मिस’ र ओम प्रतीक निर्देशित ‘हली’ रिलिज भएका छन् ।
यी दुबै सामाजिक कथावस्तुमा आधारित छन् । ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित फिल्म हो ।
यसमा नीर शाह, रमेश बुढाथोकी, बास्न तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर लगायतको अभिनय छ । यो फिल्मको रनटाइम १०० मिनेट छ ।
अर्को नेपाली भाषाको फिल्म ‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका संघर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ ।
यो फल्ममा प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक, सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरूङ, विद्या कार्की लगायतको अभिनय छ । पूजा गुरूङ र जश्मीन श्रेष्ठ निर्माता हुन् । यो फिल्मको रनटाइम १२५ मिनेट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4