+
+

नेसन्स लिग : फ्रान्समाथि डेनमार्कको पुनरागमन जित, अष्ट्रियाले क्रोएसियालाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते ८:२१

२१ जेठ, काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्स र क्रोएसिया पराजित भएका छन् । लिग ए को समूह एक अन्तर्गत शनिवार भएको खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको हो ।

आन्द्रेस कोर्नेलियसले दोस्रो हाफमा दुई गोल गरेपछि डेनमार्ककले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । कोर्नेलियसले ६८औं र ८८औं मिनेटमा गोल गरे । त्यसअघि करिम बेन्जेमाले ५१औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।

यसै समूहको अर्को खेलमा अष्ट्रियाले क्रोएसियामाथि ३-० को शानदार जित हासिल गरेको छ ।

प्रशिक्षक राल्फ राग्निकले टिम सम्हालेपछि अष्ट्रियाले शानदार सुरुआत गरेको हो । अष्ट्रियाका लागि मार्को अर्नाउटोभिकले ४१औं,  माइकल ग्रेगोरिस्चले ५४औं र मार्सेल सबिताइजरले ५७औं मिनेटमा गोल गरे ।

जितपछि डेनमार्क र अष्ट्रियाले यस समूहमा ३-३ अंक जोडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?