+
+

निजगढबारे सर्वोच्चको फैसलाको पक्षमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १४:२४

२१ जेठ, काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन भएको छ ।

प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गर्दै सर्वोच्च अदालतले दिएको सो फैसलाको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।

विना विकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्‍यालीसहितको प्रदर्शन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए ।

उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गराउने षड्यन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?