+
+

ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाहीको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते १९:५९

२१ जेठ, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भने ।

‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ’, अध्यक्ष बडालले भने । पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उनले बताए ।

स्थानीय चुनावपछि गत जेठ ८ गते हिमालय टेलिभिजनबाट प्रसारण भएको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिँदै भुसालले अध्यक्ष ओलीको आलोचना गरेका थिए ।  भुसालले भनेका थिए– नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्याङ्कन गरे । आज हामीले जुन मत प्राप्त गरेका छौं, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन ।’

हेर्नुहोस् पुरा अन्तरवार्ता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?