+
+

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ९:१२

२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पनि बैठकका एजेण्डाबारे अनभिज्ञता प्रकट गरे ।

तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्ने छ ।

यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?