+
+

वातावरण संरक्षणका लागि खुकुरी रमको ५ बुँदे प्रतिवद्धता 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १४:१५

काठमाडौं । खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रालिले वातावरण संरक्षण तथा दीगोपना विकासका लागि ५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा कम्पनीले उत्पादनको क्रममा निस्कने फोहोरलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिवद्धता जनाएको छ ।

कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हाम्रा उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेका छौं । यसलाई आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता गर्दछौं ।’

सन् २०३२ सम्ममा शत्प्रतिशत दीगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने र अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग काम गरिरहेको कम्पनीले बताएको छ ।

कम्पनीका बोतलहरु पुनः प्रयोग गर्ने र उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको कम्पनीको भनाइ छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्नका लागि आवश्यक तयारी भइरहेको कम्पनीले बताएको छ । हाल नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेका र आगामी तीन वर्षभित्रमा ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयन तहमा लैजाने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनडीपीएलले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाइमा काम गरिरहेको र आगामी दिनमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?