+
+

भारतमा पुनरागमन गर्दै टिकटक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:४१

भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ ।

टिकटकको मातृ कम्पनी बाइटडान्सले भारतमा आफ्नो साझेदारको खोजी गरिरहेको छ । सोही भारतीय पार्टनरको साथमा भारतमा पुनरागमन गर्ने तयारी टिकटकको रहेको छ ।

भारतीय साझेदारले टिकटकलाई भारतमा फिर्ता हुन सहयोग गर्ने बताइएको छ । जसले भारतमा टिकटक कम्पनीमा काम गर्ने नयाँ कर्मचारीको लागि आवेदनसमेत माग गर्नेछ ।

इकोनोमिक्स टाइम्सका लागि बाइट डान्स भारतमा फिर्ता हुनका लागि हिरानन्दनी ग्रुपसँग छलफल गरिरहेको छ । उक्त ग्रुपको डाटा सेन्टर व्यवसाय छ जुन योट्टा इन्फ्रास्ट्रक्चर सोलुसनको नाममा सञ्चालित छ ।

इकोनोमिक्स टाइम्सका अनुसार भारतमा पुनरागमनका विषयमा बाइटडान्सले सरकारसँग भने कुनै परामर्श तथा सम्पर्क नगरेको वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।

यदि टिकटक भारतमा फिर्ता भएमा उसले भारत सरकारको नियमानुसार काम गर्नुपर्नेछ र डाटा सेन्टर पनि भारतमै राख्नुपर्नेछ ।

समाचार अनुसार बाइटडान्सले टिकटकलाई भारतमा फिर्ता गराउनका लागि पब्जीको मातृ कम्पनी क्राफ्टनकै रणनीति अनुसार का मगर्नेछ ।

भारतीय बजारमा कुनै समय निकै लोकप्रिय रहेको टिकटक पुनः भारतीय बजारमा फिर्ता भएमा उसले चिंगारी, एमएक्स टका टक तथा इन्स्टाग्राम रिल्स जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अहिले इन्स्टाग्राम रिल्स भारतीय प्रयोगकर्ताबीच निकै लोकप्रिय छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?