+
+

भुटानद्वारा नेपालसामु ६७ रनको लक्ष्य पेस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १२:३५

२३ जेठ, काठमाडाैं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानबाट ६७ रनको विजय लक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको भुटानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको योगफल खडा गरेको हो ।

भुटानका लागि ओपनर तथा कप्तान नावाङ चोडेन र मध्यक्रमकी सांगे वाङमोले समान ११ रन बनाए । पेमा याङचेनले ९ रन जोड्दा भुटानले १० अतिरिक्त रन पाएको थियो ।

बलिङमा मनिषा कुमारी उपाध्यायले, कप्तान कृतिका मरासिनी र अनु कडायतले समान २÷२ विकेट लिए । मनिषाले ४ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर २ विकेट लिएकी हुन् । ३–३ ओभर बलिङ गरेका कृतिका र अनुले क्रमसः ११ र १४ रन खर्चिए ।

यसअघि पहिलो खेलमा कतारमाथि ७९ रनको जित रचेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार युएईसँग १० विकेटको हार भोगेको थियो । युएईविरुद्ध नेपाल ८ रनमै अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?