+
+

अक्षयकुमारको ‘सम्राट पृथ्वीराज’को कमाइ औसत, तीन दिनमा ४० करोड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १७:०७

काठमाडौं । अक्षयकुमार स्टारर बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औसत कमाइ गरिरहेको छ । फिल्मले तीन दिनमा भारतीय बक्स अफिसमा करिब ४० करोड भारु कमाइ गरेको छ ।

पहिलो र दोस्रो दिनको तुलनामा ‘सम्राट पृथ्वीराज’को कलेक्सन तेस्रो दिन बढेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ३०० करोडको मेगा बजेटमा बनेको फिल्मले रिलिजको तेस्रो दिन १६.१० करोड कमाइ गरेको छ । ओपनिङको दिन शुक्रबार १०.७० करोड कमाएको फिल्मले शनिबार १२.६० करोड कलेक्सन गरेको छ ।

यसअनुसार भारतका ३ हजार ७५० पर्दामा रिलिज भएको ‘सम्राट पृथ्वीराज’ले तीन दिनमा ३९.४० करोड कमाइ गरेको छ । विश्वव्यापी रुपमा भने फिल्मले ६० करोड भारुभन्दा बढी कमाइ गरेको छ ।

पहिलो सप्ताहन्तमा यो फिल्मले कार्तिक आर्यनको ‘भूल भुलैया २’को कमाइलाई भने उछिन्न सकेको छैन । ‘भूल भुलैया २’ले पहिलो सप्ताहन्त ५५.९६ करोड कमाएको थियो ।

गत शुक्रबार एकसाथ रिलिज भएको साउथ सुपरस्टार कमल हसन अभिनित ‘विक्रम’ले भने तीन दिनमा १०० करोड बढी कमाइ गरेको छ भने अर्को दक्षिण भारतीय फिल्म ‘मेजर’को कमाइ भने २५ करोड छ । विश्वव्यापी रुपमा ‘विक्रम’ले १५०.४३ करोड भारु कमाइ गर्दा ‘मेजर’ले ३८.४ करोड कलेक्सन गरेको छ ।

चन्द्रप्रकाश द्विवेदी निर्देशित फिल्म ‘सम्राट पृथ्वीराज’मा अक्षयकुमार पृथ्वीराज चौहानको भूमिका छन् । फिल्ममा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर, सञ्जय दत्त, सोनु सूद र साक्षी तन्वरको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?