+
+
Shares

भारतको अर्केष्ट्रामा काम गर्ने ५ बालिकासहित ९ नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १७:३४

२३ जेठ, वीरगञ्ज । वीरगञ्जबाट १५ किलोमिटर टाढा भारतको रामगढवाको अर्केष्ट्रामा काम गर्ने  ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार गरिएको छ ।

रक्सौलस्थित एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) र मिसन मुक्ति फाउन्डेशन दिल्लीले छापा मारेर उनीहरुलाई उद्धार गरेको (एएचटीयू) इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए ।

‘जब हामी अर्केष्ट्रामा छापा मार्न गयौं, गाउँका बासिन्दा एकदमै उत्साहित थिए । किनकी उनीहरु अर्केष्ट्रावालादेखि धेरै हैरान रहेछन्,’ उनले भने, ‘गाउँका छोरीचेलीमा नराम्रो प्रभाव पर्नुको साथै उनीहरुलाई फकाइ फुल्याइ गरेर नाच्न लैजाने गरेका रहेछन् ।’

उद्धार गरिएका बालबालिका तथा युवतीहरुले अर्केष्ट्रा सञ्चालकहरुले विवाहको बहानामा शारिरीक शोषण गर्ने, घर जान नदिने, गीत गाएको र नाचेको पैसा दिन्छु भने पनि पैसा नदिने र कुटपिट गर्ने गरेको बताएका छन् ।

उद्धार गरिएका रामगढवा थानामा राखिएको छ । उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको छ । उनीहरुमध्ये ३ जनाका अभिभावक सम्पर्कमा आएको माइती नेपाल वीरगञ्जकी सुपरभाइजर गोमा पौडेलले बताइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?