+
+

रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १४:४८

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार बिहान लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्षमा (आइसीयू) मा उपचार भइरहेको छ ।

सुरुमा उनलाई सोमबार बिहान मनमोहन अस्पताल लगिएको थियो । ‘उहाँ आउँदा पुरै बेहोस अवस्थामा हुनुहुन्थ्यो । पहिला हामीले जीवन रक्षा गर्ने बाटोमा राख्यौं,’ डा. जोशीले अनलाइखबरसँग भने,’ हातको नसाबाट औषधि दिन मिल्ने अवस्था थिएन । घाँटीबाट नशा खोलेर औषधि दिनुपरेको थियो ।’

डा. जोशीका अनुसार उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको छ ।

‘मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन् । कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु भाँचिएका छन्,’ डा. जोशीले भने ।

अहिले घाइते पोखरेलको होस आइसकेको छ । उनको उपचारमा डा. जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?