+
+
Shares

नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।
  • उनले बाढी प्रभावित र पीडितहरूसँग भेटेर गुनासो सुनेका छन् र बेपत्ताको खोजी तथा उद्धारबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् ।
  • प्रजिअ शम्भुप्रसाद रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना र तत्काल निर्माणबारे भइरहेको काम राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

२२ भदौ, नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् ।

सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।

राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

प्रजिअ रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गरे ।

बाढी प्रभावित नागरिकहरूले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशूलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?