News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान गरेको छ ।
- सहायक रथी सुवासजंग थापाले टनेल ब्रेकथ्रु नहुँदासम्म खोजी तथा उद्धार जारी रहने बताए ।
- थापाले जलविद्युत् आयोजनाको टनेल क्षति आंकलन गर्दा बाढी र लेदो करिब १८० किलोमिटर प्रतिघण्टा गतिमा खसेको अनुमान गरिएको बताए ।
२२ भदौ, काठमाडौं । भदौ १० को रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान नेपाली सेनाले गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो बताएका हुन्।
‘१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,’ उनले भने, ‘जबसम्म सबै टनेल ब्रेकथ्रु हुँदैन त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौं ।’ उनले जलविद्युत्का अन्य व्यक्तिहरू बाहिरी भागमा परेको पनि अनुमान रहेको बताए।
सहायक रथी थापाले जलविद्युत् आयोजनाको टनेलमा भएको क्षतिलाई आकलन गर्दा बाढी तथा लेदो करिब १ सय ८० किलाेमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।
प्रतिक्रिया 4