+
+
Shares

रसुवा बाढीपछिको उद्धार, राहत वितरण तथा पुन: स्थापनामा संसदीय समितिको चासो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ समितिले रसुवा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण र पुनःस्थापनाबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने भएको छ।
  • समितिले बाढीले अर्थतन्त्रमा पारेको प्रभावबारे अर्थ मन्त्रालयसँग र क्षति तथा प्रभावको मूल्यांकनबारे राष्ट्रिय योजना आयोगसँग पनि छलफल गर्नेछ।
  • भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्र प्रभावित भएका छन्।
  • बाढीमा १ हजार ३५५ जनाको शव फेला परेको छ, ४ हजार ९९६ जना सम्पर्कविहीन छन्, ६ हजार ६७२ जना घाइते भएका छन् र करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।

२२ भदौ, काठमाडौं । संसदीय समितिले रसुवा बाढी पश्चात उद्धार, राहत वितरण तथा पुन: स्थापनामा चासो व्यक्त गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले यस सम्बँधमा औपचारिक रूपमा छलफल गर्दैछ ।

रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्धार, राहत वितरण तथा पुन: स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्दैछ ।

विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपद् पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्न समितिले बैठक राखेको छ ।

पर्सि बिहान साढे ९ बजे बस्ते गरी समितिको बैठक तय भएको छ ।

भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो ।

उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।

बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ३५५ जनाको शव फेला परेको छ । ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । ६ हजार ६७२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट करिब १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

यो अवस्थामा सरकारले गर्दै गरेको कामकारबाही र उद्धार, राहत वितरण तथा पुन: स्थापनामा संसदीय समितिको चासो देखाएर छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?