+
+

भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते २०:४१

२४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको छ । ३९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको हो । महानगरपालिकाको कार्यपालिकामा कांग्रेसका मात्रै २३ सदस्य पुगेका छन् ।

कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। महानगर उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी छन् । मंगलवार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् ।

यस्तै भरतपुर २५ बाट जितेका स्वतन्त्र उम्मेदवारसमेत कांग्रेसकै पक्षमा छन् । यसो हुँदा कार्यापलिकामा कांग्रेसका २३ जना सदस्य हुन्छन् ।

त्यस्तै महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित ७८ जना कांग्रेसका छन् ।

भरतपुर महानगरको कार्यपालिकामा माओवादीका ६ जना छन् ।  मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल, तीन वडाध्यक्ष र कार्यपालिका सदस्य निर्वाचनबाट २ जना निर्वाचित बनेका छन् । यस्तै, एमालेबाट ६ जना वडाध्यक्ष छन् । समाजवादीबाट ३ जना वडाध्यक्ष र कार्यपालिका सदस्यमा निर्वाचित एक सदस्य गरेर ४ जना छन् ।

भरतपुर महानगरपालिकाको नगरकार्यपालिका सदस्यमा खुलाबाट नेपाली कांग्रेसका गोपाल दराई, नेकपा माओवादी केन्द्रका विष्णुबहादुर भुजेल, नेकपा एकीकृत समाजवादीकी कोपिला उपरकोटी विजयी भए ।

महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा, शारदा पोखरेल, सिर्जना अधिकारी र सुकमाया विक र नेकपा माओवादी केन्द्रकी बिना नेपाली निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । नेपाली कांग्रेसबाट ७७, नेकपा एमालेबाट ५०, नेकपा माओवादी केन्द्रबाट १०, नेकपा एकीकृत समाजवादी पार्टीबाट ५, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ र एक जना स्वतन्त्रबाट जनप्रतिनिधिमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?