+
+

अछाममा ५ दिनअघि मृत भेटिएका शाहीको शव उठाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १४:३८
शाहीको हत्या भएको भन्दै विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दा ।

२५ जेठ, अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि बल्ल उठ्ने भएको छ ।

मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकता अनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

१७ जेठमा वेपत्ता भएको विनोदको शव २१ गते घर नजिकैकको जंगलमा भेटिएको थियो । मृतको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् ।

नेकपा एमालेलगायतका दलले नेपाली कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाएका छन् । तर कांग्रेसले भने त्यसलाई खण्डन गरेको छ । प्रहरीले शाहीको हत्या अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?