+
+

जोनी डिपले मुद्दा जितेको खुसीमा अनमोलको यस्तो फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १४:३२

काठमाडौं । हलिउड अभिनेता जोनी डिप अहिले चर्चामा छन् । पूर्वपत्नी तथा अभिनेत्री एम्बर हर्डले लगाएको हिंसाको मुद्दामा उनको जित भइसकेको छ ।

मुद्दाको फैसलापछि अहिले अभिनेता डिपसहित फ्यानले खुसीयाली मनाइरहेका छन् । यस्तो खुसी बलिउड र हलिउडमा मात्र नभएर नेपाली फिल्ममा समेत आइपुगेको छ । डिपले मुद्दा जितेपछि अभिनेता अनमोल केसीले समेत खुसी बाँडेका छन् ।

हलिउड फिल्म ‘एलाइस इन वन्डरल्याण्ड’मा अभिनेता डिपको क्यारेक्टर लुक्समा फोटोसुट गर्दै अनमोलले खुसी बाँडेका हुन् । इन्स्टाग्राममार्फत सेयर गरिएको तस्वीर जोनी डिपको लागि ‘ट्रिब्युट’ भएको उनले उल्लेख गरेका छन् ।

अनमोल लेख्छन्- ‘यो एउटा तिम्रो लागि हो जोनी डिप । म्याड हेटरले भनेका थिए, ‘वास्तविकता नै जेल हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?