+
+

पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा भए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १५:२२

२६ जेठ, काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।

नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

कार्कीका अनुसार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी भएको बताएका छन् । स्थानीय समिर ढुंगाना भन्छन्, ‘प्रधानमन्त्री कार्यालयबाट वार्ता गर्ने भनेर खबर आएको छ । आज गाउँ सुनसान छ । प्रहरीको गाडी र फोहोरको गाडी दुवै आएका छैनन् । हिजोको गाडीहरुले सडकमै फोहोर फालेर गएकोले सडकहरु पनि अवरुद्ध छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?