२६ जेठ, काठमाडौं । प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२० स्थायी ईर भई हाल काठमाडौं महानगरपालिका-१० बस्दै आएका ३६ वर्षीय उत्सव दाहाल रहेका छन् ।
उनलाई बिहीबार बालाजुको माछापोखरीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले अजय वाइवालाई वैदेशिक रोजगारकोलागि क्रोएसिया पठाइदिन्छु भनी २ लाख रकम ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4