+
+

फोहोरको विषयमा भोलि स्थानीय वासिन्दासँग वार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १९:०६

२६ जेठ, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ ।

काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु राईगाईंका स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको हो । ‘मन्त्री रामकुमारी झाँक्री सहित मन्त्रालयका सचिव, महाशाखा प्रमुख पनि वार्तामा बस्छन् । भोलिको बैठकले केही ठोस निर्णय गर्ला’ उनले भने ।

यसअघि गत सोमबार शहरी विकास मन्त्रालय, उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्र पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच सहमति भएको थियो । तर उक्त सहमतिमा स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर लिएर गएका ट्रकमा अवरोध गरेका थिए ।

फोहोर बोकेको गाडीलाइृ अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।

पक्राउ परेका स्थानीय वासिन्दा श्रीराम ढुंगानाले आफूहरु रिहा भएको र बिहीबार वार्ताका लागि बोलाइएको बताए । ‘हामीलाई भोलि मन्त्रालयमा वार्ता गर्न भन्दै प्रहरीले रिहा गरेको छ । भोलि बोलाए भने हामी जान्छौं’ उनले भने ।

ढुंगानाले स्थानीय बासिन्दाले लामो समयदेखि उठाउँदै आएको मागबाट आफूहरु पछि नहट्ने बताए । नुवाकोट र धादिङमा फोहोरबाट प्रभावित भएका ४ सय स्थानीयलाई रोजगारी दिनुपर्ने, प्रभावित क्षेत्रमा भएको गुठी सम्बन्धी समस्या समाधान गर्नुपर्ने, बञ्चरेडाँडाको वरिपरि ३ हजार मिटर क्षेत्र अधिग्रहण गर्नुपर्ने र अधिग्रहण नगरे स्थानीय वासिन्दालाई अन्यत्र जग्गा दिनुपर्ने स्थानीय वासिन्दाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?