+
+

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते २०:१९

२६ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

२२ जेठमा प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार सर्वसम्मतिले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।

विपक्षी दलका सांसदले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए । तर पारित गर्ने क्रममा भने प्रतिपक्षी दलका सांसद मौन बसे भने सत्ता पक्षका सांसदले  समर्थन जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?