+
+
फ्राइडे रिलिज :

नेपाली हलमा डाइनोसर र कुकुरको कथा : ‘जुरासिक वर्ल्ड’ र ‘७७७ चार्ली’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते ११:२४

काठमाडौं । शुक्रबार नेपाली हलमा दुई नयाँ विदेशी फिल्म रिलिज भएका छन् । हलिउड स्टुडियो युनिभर्सलको चर्चित फिल्म ‘जुरासिक पार्क’को छैटौं शृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ र दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ प्रदर्शनमा आएका छन् ।

साइन्स फिक्सन र एक्सन फिल्म जुरासिक वर्ल्ड डोमिनियनमा क्रिस प्राटको मुख्य भूमिका छ । कोलिन ट्रिभोरो निर्देशित फिल्मको यो श्रृंखलामा डाइनोसर मानिससँगै बसोबास गर्छन् । इतिहासकै सबैभन्दा डरलाग्दो प्राणी डाइनोसरसँग मानिसले ग्रहमा बसोबास गर्न साझेदारी गर्छन्, गर्दैनन् भन्ने कुरा यसमा छ ।

दक्षिण भारतको कन्नड फिल्म ‘७७७ चार्ली’ पनि शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । चार्ली नामक कुकुर र रक्षित सेट्टीको मुख्य भूमिका रहेको फिल्मले कुकुर र मान्छेबीचको मित्रताको कथा भन्छ ।

जीवनप्रति निराशावादी रहेको मुख्य पात्रको जीवनमा कुकुरको प्रवेशले ल्याउने परिवर्तन र जीवनप्रतिको आशालाई फिल्मले चित्रण गर्छ । किरणराज के निर्देशित फिल्मले राम्रो समीक्षा प्राप्त गरेको छ ।

‘कबड्डी ४’ शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । ‘टपगन माभेरिक’ र ‘विक्रम’ दोस्रो सातामा चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?