+
+

तोपे खोलाको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:३४

२७ जेठ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।

बिहिबार पनि यहीँ गएको पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए ।

रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेको थियो ।

अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?