+
+

पहिरोले सडक बन्द भएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:५४

२७ जेठ, तनहुँ । पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ ।

गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन् ।

गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए । तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले दमौलीमा हेलिकप्टर बोलाएर बिरामी काठमाडौं लगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?