+
+

आँबुखैरेनीमा पहिरोले अवरुद्ध सडक खोल्न भित्ताे खार्न थालियो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १३:३५

२७ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक बिहान पहिरोले सडक भत्केपछि अवरुद्ध यातायात सञ्चालनका लागि भित्ताे खार्न थालिएको छ ।

निरन्तर वर्षाका कारण आधा सडक नदीमा खसेपछि यातायात अवरुद्ध भएको छ । भित्ताे खारेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘डेढ मिटरसम्म भित्ताे काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ कि भन्ने छ’, उनले भने, ‘बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । सडक भासिएको ठाउँमा एउटा कार र मोटरसाइकल समेत पुरिएको छ ।

कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरोसँगै मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?