+
+

सुधारियो रेमिट्यान्स, १० महिनामा भित्रियो ८ खर्ब १२ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १८:०१

२७ जेठ, काठमाडौं । वैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा थप सुधार भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो ।
गत फागुन महिनादेखि केही सुधार हुन थालेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर वैशाख महिनामा आएर  धनात्मक विन्दुमा पुगेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको विप्रेषण आप्रवाह ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कम भएर ६ अर्ब ७६ करोड डलरमा छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

साउनदेखि वैशाखको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या पनि बढेको छ । यो अवधिमा लाख ७८ हजार २९८ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेसिने नेपालीको संख्या ५४.० प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?